Tuesday, March 24, 2009

भारतीय कम्पनीमा नेपालीको सेयर Investments in Indian companies by people from Nepal


News story as appeared in kantipur, a leading Nepalese language Newspaper from Kantipur Publications, Kathmandu, Nepal on December 16 2006

भारतीय कम्पनीमा नेपालीको सेयर
लगानीकर्ता सम्पर्कबाहिर

मुराहरि पराजुली

काठमाडौं, पुस १ - कोलकातास्थित कम्पनीका एक सेयरधनीको ठेगाना कमलपोखरी, काठमाडौं लेखिएको छ । कम्पनीले हरेक वर्ष त्यही ठेगानामा पत्र पठाउँछ तर बुझ्ने व्यक्ति फेला पर्दैन । पत्र कोलकाता र्फिर्न्छ र रद्दीको टोकरीमा जान्छ । यो क्रम वर्षौंदेखि चलिरहेको छ ।

'भारतीय कम्पनीहरूबाट यस्ता थुप्रै पत्र नेपाल आउँछन्, जसको जवाफ कहिल्यै जाँदैन,' सम्पर्कमा नआएका सेयर लगानीकर्ताको खोजीमा सात वर्षदेखि जुटेका सेयर मध्यस्थकर्ता राकेश गुजराल भन्छन् ।

उनको अध्ययनअनुसार कोलकाताका २२ कम्पनीमा ४५ नेपालीको सेयर छ । नेपालीहरूले वर्षौंअघि खरिद गरेको ४० हजार कित्ता सेयरको बजार मूल्य अहिले करिब २ करोड ८ लाख रुपैयाँ पुगेको उनले बताए । कोलकातामात्र होइन, मद्र्रास र मुम्बईका कम्पनीमा पनि नेपालीको सेयर लगानी हुन सक्ने उनको अनुमान छ । 'आउँदो तीन महिनाभित्र मुम्बईमा सूचीकृत कम्पनीमा नेपालीको सेयर रहे/ नरहेको पत्ता लगाउने मेरो योजना छ,' उनले भने- 'त्यसपछि मद्रास जान्छु ।'

गुजरालले सन् १९७० अघि भारतीय कम्पनीमा विदेशीले गरेको लगानी खोजिरहेका छन् । उनका अनुसार कोलकाताका कम्पनीमा नेपालीबाहेक श्रीलंकाली, बेलायती, प|mान्सेलीको लगानी छ । 'अहिले म नेपालीको सूची लिएर आएको छु,' उनले भने ।

उनको सूचीमा कर्णेल जनशमशेर जबरा, मिनारजंग थापा, पद्मकुमारी देवी, राजबहादुर चिपालु, दिलबहादुर श्रेष्ठ, पीयूषराज शर्मा, प्रेमकुमारी पाण्डे, बडामहारानी दिलकुमारी देवी, सोमप्रसाद उपाध्याय, सिद्धिनाथ रिमाल, नरेन्द्र सिंह आलेजस्ता नाम छन् ।

बाबुबाजेले लगानी गरेको छोरानातिलाई थाहा नभएर दोहोरो सम्पर्क नभएको उनको अनुमान छ । उनको सूचीमा भएका नाम व्यापारको सिलसिलामा कोलकाता ओहोरदोहोर गर्ने, यहाँबाट धनसम्पत्ति बोकेर लामो समयका लागि बसाइ सरेका, महावाणिज्य दूतावासमा काम गरेका उच्च अधिकारी र अध्ययनलगायत काममा ५/६ वर्ष बसेका नेपालीहरूको हो ।

हालसम्म उनले बीओसी इन्डिया, बिड्ला ग्रुप, गोयनका ग्रुप, इलेक्ट्रोस्टिल कास्टिङ, जीकेडब्लू लिमिटेड, मेहता ग्रुप, टाटा ग्रुप, तितागढ इन्डस्टि्रज र सरकारी स्वामित्वका संस्थानमा नेपालीले लगानी गरेको पत्ता लगाएका छन् । 'यी कम्पनीमा एउटै व्यक्तिको १ करोड रुपैयाँसम्म सेयर लगानी छ,' उनले भने । गुजरालले यसअघि १५ कम्पनीमा रहेको नेपाली सेयर लगानी सम्बन्धित वारेसलाई हस्तान्तरण गर्न सहयोग गरेका छन् । दुईवटा सेयर हस्तान्तरणका मुद्दा नामसारीको प्रक्रियामा छन् । सुरुमा नजिकको साथीलाई सेयर नामसारीमा सहयोग गरेपछि यस्तै खाले अरू मुद्दामा रुचि बढेको उनले बताए ।

तत्कालीन कलकत्ता सेयर बजारमार्फत कारोबार गर्ने सूचीकृत कम्पनीहरू हाल नेसनल स्टक एक्सचेञ्ज र बम्बई स्टक एक्सचेन्जमा गाभिएका छन् । बम्बई स्टक एक्सचेन्जमा हाल ७ सयभन्दा बढी कम्पनीको कारोबार हुने गर्छ ।

Posted on Kantipur Server: 2006-12-16 21:55:19




In case you need more information, please contact us through email - write to fund.tracers@gmail.com

No comments: